कोभिड– १९ विरुद्धको खोपमा नेपालको नयाँ कोसेढुंगा

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

नेपालले कोभिड– १९ विरुद्धको खोप अभियानमा नयाँ कोसेढुंगा पार गरेको छ। नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिलाई पूर्ण खोप प्रदान गरेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।

‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्लुएचओ नेपालले ट्विटरमार्फत बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका सय प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।

सुझावित समाचार