‘डिभाइडर’ सफा गर्न खटिए ट्राफिक प्रहरी

बुधबार, १९ माघ, २०७८
डिजिटल संस्करण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकका डिभाइडर सफा गरेको छ। अत्यन्तै फोहाेर र धुलो टाँसिएका कारण सफा गरिएको महाशाखाका एसपी सञ्जीवदास शर्माले जानकारी दिए। 

उनका अनुसार सार्वजनिक बिदाको दिन सडकमा सवारी जाम नहुने भएकाले ट्राफिक प्रहरीलाई यस्तो कार्यमा खटाइएको हो। कोटेश्वर–सातदोबाटो, कोटेश्वर–भक्तपुर, तिनकुने–माइतीघरलगायत क्षेत्रको डिभाइडर सफा गर्न लागिएको हो।

सुझावित समाचार