नेपालमा एसवाइएम मोटरसाइकलको आधिकारिक विक्रेता केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको छ । कम्पनीले एसवाइएम मोटरसाइकलमा विशेष छुट प्रदान गर्ने अफर ल्याएको हो । माघ नौदेखि माघभरिका लागि एसवाइएमको एनएचटी२०० बाइक खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ छुट प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले एक्सचेन्ज गर्ने ग्राहकलाई पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने उल्लेख गरेको छ । नेपाली बजारमा एसवाइएमको एनएचटी२०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले अझै बढी आकर्षित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवनमा एसवाइएमको सोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाइएम ताइवानको कम्पनी हो । यो ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । १८३ सिसीको यो बाइकमा एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्यांक ११ लिटरलगायतका विशेषता रहेको जनाइएको छ ।
अत्यधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्यधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम रहेको कम्पनीले जनाएको छ । ६ वटा गियर स्पिड, डबल च्यानल एबिएस ब्रेकिङ सिस्टमलगायतका विशेषता यो मोटरसाइकलमा रहेको छ । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमि परआवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको जनरल म्यानेजर खत्रीको भनाइ छ । यो बाइकको मूल्य ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । रेड, ब्राउन, ब्लू र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्न सक्ने खत्रीले जानकारी दिइन् ।