अफगानिस्तानमा भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

मंगलबार, ४ माघ, २०७८
डिजिटल संस्करण

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ। सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौँ घरमा क्षति पुगेको अल जजिराले जनाएको छ।

प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको छाना खस्दा पीडितहरूको मृत्यु भएको बताएका छन्। भूकम्पमा परी ज्यान गुमाउने २६ जनामध्ये पाँच महिला र चार बालबालिका रहेका प्रवक्ताले उल्लेख गरेका छन्।

पहिलो भूकम्पको दुई घन्टापछि उक्त क्षेत्रमा ४.९ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो। आपतकालीन मामिलाका लागि राज्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले मृत्युको संख्या पुष्टि गर्दै सात हजारभन्दा बढी घरमा क्षति पुगेको जानकारी दिए। भूकम्पले प्रान्तको मुकर जिल्लाका बासिन्दालाई पनि क्षति पुर्याएको छ, तर विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए। रासस/एएनआई

सुझावित समाचार