एमाले रुपन्देहीका अध्यक्षमा तेजेन्द्र केसी

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

नेकपा एमाले रुपन्देहीको पदाधिकारी सर्वसम्मतले चयन भएको छ। शुक्रबारदेखि सुरु भएको अधिवेशनमा आइतबार जिल्ला अध्यक्ष पदका दुई दाबेदारमध्ये पुरुषोत्तम घिमिरेले उमेदवारी फिर्ता लिएसँगै अध्यक्ष पदमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छिन् । चौधरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाकी उपप्रमुखसमेत हुन् । 

सचिवमा यज्ञ गैरे र खेमप्रसाद लुइँटेलले उमेदवारी दर्ता गराएकोमा खेमप्रसाद लुइँटेलले उम्मेदवारी फिर्ता लिएसँगै गैरे निर्विरोध निर्वाचित भएका हुन्।
उपसचिवद्वयमा हितराज पन्थी र चित्रबहादुर कार्की चयन भएका छन् । कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुखसमेत हुन् । अधिवेशनले १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।  
 

सुझावित समाचार