दाङमा बाघको छालासहित चारजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा बाघको छालाको कारोवारका लागि मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ झरना टोल घर भई हाल लमही नगरपालिका ३ टिकुलीगढमा कोडाभाडामा बस्ने ४५ वर्षीय शंकर गिरी, उनकी श्रीमती ४२ वर्षीया झरना गिरी (थापा), लमही नगरपालिका १ नर्तीनिवासी ६३ वर्षीय गिरबहादुर विश्वकर्मा र लमही नगरपालिका २ बरुवागाउँनिवासी २८ वर्षीय आशाकुमार चौधरी रहेका छन् ।
प्रहरीका अनुसार विश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला ल्याएर गिरीदम्पतीलाई बेच्नका लागि मोलमोलाइ भइरहेको थियो । शुक्रबार बेलुका साढे ७ बजेतिर पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको छ ।