सातौँ मेगा एजुकेसन फेयर काठमाडौंमा सुरु भएको छ। काठमाडौंको एभरेस्ट होटेलमा एजुकेसन फेयर बिहीबारदेखि सुरु भएको हो।
अध्ययनका लागि अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्युजिल्यान्डलगायतका देशमा जाने विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने उद्देश्यले फेयर गरिएको बताइएको छ। शुक्रबारसम्म जारी रहने फेयरमा नेपालका विभिन्न कन्सल्टेन्सीहरूले सहभागिता जनाएका छन्।