प्रतिनिधिसभाको बैठक स्थगित

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

संघीय संसदका महासचिव भरतराज गौतमले आज जारी गरेको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधिसभाको बैठक स्थगित भएको उल्लेख छ । उक्त सूचनाअनुसार प्रतिनिधिसभाको अर्को बैठक  यही पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

सुझावित समाचार