नेपाल आइपुगे क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके

मंगलबार, १३ पुष, २०७८
डिजिटल संस्करण
नेपाल आइपुगे क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके

फाइल फोटो ।

नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका नेपाली क्रिकेटका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्। यसअघि पनि नेपाली टोलीलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज मंगलबार नेपाल आइपुगेका हुन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे। क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रूपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाली टोली सम्हाल्ने जिम्मेवारी पाएका हुन्।

मंगलबार विमानस्थल ओर्लेपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए। पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने जिम्मेवार थपिएको बताए।

दासानायकेले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालिसेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक सन् २०१४ मा आइसिसी ट्वान्टी–२०  विश्वकप खेलेको थियो। सोही हिसाबाले दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ। पूर्व मुख्य प्रशिक्षक डेव वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहिन रहेको थियो। त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।

सुझावित समाचार