प्रदेश नं २ को नामकरणका लागि प्रदेश सभा बैठकमा चार नाम प्रस्ताव गरिएको छ। आज बसेको प्रदेश सभा बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यले प्रदेशको नामकरणका लागि चारवटा प्रस्ताव पेस गरेका हुन्। बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेस प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेस गरेका छन्।
कांग्रेसकै राजेश्वरप्रसाद साहले भने, ‘मध्य मधेस प्रदेश’ नामको प्रस्ताव गरेका छन्। नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेस हुन सकेको छैन। नामकरणसम्बन्धी पेस भएको प्रस्तातमाथि प्रदेश सभा बैठकमा छलफल जारी छ। बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। रासस
प्रदेश नं २ को नामकरणका लागि प्रदेश सभा बैठकमा चार प्रस्ताव पेस
सुझावित समाचार
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…