भुटानद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान प्रदान

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

भुटानले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोद्वारा सम्मान गरेको छ। भुटानको प्रधानमन्त्री कार्यालय (पिएमओ)ले फेसबुक पोस्टमा ‘महामहिम नरेन्द्र मोदीको नाम सर्वोच्च नागरिक अलंकार, नगाडाग पेल गी खोर्लोको लागि उच्चारण गरेको सुन्दा धेरै खुसी लाग्यो’ भनी उल्लेख गरेको छ।

अवार्ड प्रदान गर्ने क्रममा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले विगतका वर्षहरूमा र विशेष गरी कोभिड– १९ महामारीको समयमा बढ्दो द्विपक्षीय सहयोग र मित्रताको आदानप्रदानमाथि प्रकाश पारेका थिए।

‘सम्मानका लागि धेरै योग्य ! भुटानका जनताबाट बधाई। सबै अन्तर्क्रियाहरूमा, महामहिमलाई एक महान्, आध्यात्मिक मानवको रूपमा देखियो। उत्सव मनाउनको लागि तत्पर हुनुहुन्छ। व्यक्तिगत रूपमा सम्मान’  भनी सम्बोधन गरिएको छ। महामारी सुरु भएदेखि नै भारतले भुटानलाई कोभिड– १९ खोप र अन्य चिकित्सा उपकरण  सहयोग गर्दै आएको छ। रासस/एएनआई

सुझावित समाचार