यस्ता छन् माओवादी संसदीय दल वैठकका निर्णय

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित दलको कार्यादलयमा बसेको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण विडारीलाई चयन गरेको छ। यस्तै २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन बैठकले सांसदहरूलाई निर्देशनसमेत दिएको छ। बैठकमा दलका नेता प्रचण्डले सांसदहरूले उठाएका विषयको जवाफ दिएका थिए। आज २ बजेबाट संसद् बैठक सुरु हुँदै छ।

सुझावित समाचार