बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले जनाएअनुसार यहाँ एकै दिन ५१ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका छन्।
यहाँका स्वास्थ्य अधिकारीहरूले यहाँ धेरै लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन्। बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन्। सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
अघिल्लो हप्ता यहाँ संक्रमित केही घटेका थिए। तर, बुधबार भने यहाँ यति धेरै संक्रमित देखिएका बताइएको हो। योसमेत बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या एक करोड ६ लाखभन्दा बढी पुगेको छ। बेलायतमा सोमबार मात्र १६१ जनाको संक्रमणबाट मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ। बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजारभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत छन्। यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।
तर, पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् सरकारी प्रयासका बाबजुद यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रासस/सिन्ह्वा