मिनी ट्रक दुर्घटनामा दुईको मृत्यु

बिहिबार, २३ मंसिर, २०७८
डिजिटल संस्करण

बाजुराको धुलाचौरबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक जगनाथ गाउँपालिका वडा नम्बर ६ कर्पीनजिकै  दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ । भे.१ख ३४६८ नम्बरको  मिनी ट्रक आज बिहान ६ :३० बजे  सडकबाट कर्णाली नदीमा खसेको थियो । 

मृत्यु हुनेमा बाँके जिल्ला घर भएका चालक मदनलाल जोशी र सवार विपि शाही रहेको जुड्डी प्रहरीचौकीले जानकारी दिएको छ।

 

सुझावित समाचार