झन्डा छाप्ने चटारो (फोटो फिचर)

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले १४औँ महाधिवेशनमा काठमाडौंमा १० हजार झन्डा फहराउँदै छ। त्यसका लागि झन्डा छाप्ने र विभिन्न स्थानमा टाँग्ने काम सुरु भइसकेको छ। काठमाडौंमा विभिन्न छापाखानामा अहिले झन्डा छाप्ने चटारो बढेको छ। मंगलबार झन्डा फहराउने अभियानको प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनस्थल भृकुटीमण्डपमा झन्डा हस्तान्तरण गरेर सुरुवात गरेका थिए। प्रवक्ता शर्माका अनुसार काठमाडौंभर कांग्रेसको चारतारे झन्डा पाँच हजार र चुनाव चिह्न रुखअंकित पाँच हजार झन्डा फहराइनेछ। कांग्रेस महाधिवेशन २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ।

सुझावित समाचार