अन्तर्राष्ट्रिय फिस्टेल रेसको उपाधि नेपालका लामालाई

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

दोस्रो संस्करणको अन्तर्राष्ट्रिय फिस्टेल रेसको उापधि नेपाली धावक तस्बिर लामाले जितेका छन् । पोखरामा शनिबार आयोजित रेसअन्तर्गत पुरुष एवं महिलातर्फ ४२, २१ र ५ किलोमिटर गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो ।

रेसको ४२ किलोमिटर पुरुषतर्फ नेपाली धावक लामा प्रथम भएका हुन् । उनले निर्धारित दूरी चार घन्टा १५ मिनेट ५४ सेकेन्डमा पूरा गरेका हुन् । यसैगरी, महिलातर्फ बेलायतकी फ्लोरो रेबेकाले निर्धारित दूरी ६ घन्टा तीन मिनेट ५५ सेकेन्डमा पूरा गर्दै उपाधि हात पार्न सफल भइन् ।

४२ किमि पुरुषतर्फ निर्धारित दूरी चार घन्टा १८ मिनेट ४९ सेकेन्डमा पूरा गर्दै अर्जुन कुलुङ राई दोस्रो, चार घन्टा ५३ मिनेट ९ सेकेन्डमा दूरी पार गरेका महेश थापा तेस्रो र स्विट्जरल्यान्डका डेनियल लिजरले पाँच घन्टा २७ मिनेट ४० सेकेन्डमा पार गर्दै चौथो स्थान हात पारे । सोही विधामा महिलातर्फ बेलायतकी लिजी हावाकरले निर्धारित दूरी ६ घन्टा ३५ मिनेट २७ सेकेन्डमा पार गर्दै दोस्रो र बेलायतकी स्याली रेबेकाले ६ घन्टा ३८ मिनेट ४८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् ।

२१ किलोमिटर पुरुषतर्फ दुई घन्टा
पाँच मिनेट तीन सेकेन्डमा दूरी पार गरेका भूमिराज रोका दोस्रो र दुई घन्टा आठ मिनेट २५ सेकेन्डमा निधारित दूरी पूरा गर्दै सन्चे तामाङले तेस्रो स्थान हात पारे । सोही विधाअन्तर्गत महिलातर्फ दुई घन्टा ५४ मिनेट ५५ सेकेन्डमा दूरी पार गरेकी नेपालकी छोकी शेर्पा दोस्रो र दुई घन्टा ५९ मिनेट ५५ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी अमेरिकाकी सान्या मार्ट तेस्रो भइन् ।

यसैगरी, रेसअन्तर्गत पाँच किलोमिटर पुरुषतर्फ निधारित दूरी एक घन्टा ३५ सेकेन्डमा पार गरेका लाक्पा योजेन तामाङ प्रथम, एक घन्टा ३७ मिनेटमा दूरी पार गरेका डिकेश गुरुङ दोस्रो र अमेरिकाका स्टेभ वेल्स तेस्रो भए । सोही विधाअन्तर्गत महिलातर्फ एक घन्टा २८ मिनेट २७ सेकेन्डमा दूरी पूरा गरेकी क्यानडाकी एम्मा हेमिल्टन प्रथम, एक घन्टा ३७ मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी पार गरेकी नेपालकी विमला आले दोस्रो र एक घन्टा ४० मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै अमेरिकाकी डोरी नोयन तेस्रो स्थान हात पारिन् ।

सुझावित समाचार