खोलाबाट ढुंगा चोरेर ल्याउँदै गरेको ट्याक्टरले किच्दा एकको मृत्यु

सोमबार, ६ मंसिर, २०७८
डिजिटल संस्करण

दाङमा ट्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ।  बौलाह खोलाबाट ढुंगा लिएर फर्किँदै गरेको लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर शान्तिनगर गाउँपालिका– २ पेदानिवासी २२ वर्षीय लोकबहादुर वलीको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार आइतबार साँझ ७ बजेतिर ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। चालक भने फरार रहेका छन्।  ट्याक्टर खोलाबाट ढुंगा चोरी गरेर गाउँतर्फ फर्किँदै गरेको प्रहरीले बताएको छ। 
 

See More On

सुझावित समाचार