नेपाल बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक बस्दै, आगामी रणनीति तय गर्ने

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सल्लाहकार समितिको बैठक आज बस्दै छ। जारी आन्दोलनको आगामी रणनीति तय गर्न बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक अहिले १ बजे बस्न लागेको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध जारी आन्दोलनको तेस्रो चरणको आज अन्तिम दिन हो। जबराले राजीनामा नदिए बारले चौथो चरणको आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।

सुझावित समाचार