टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको सानदार जित

मंगलबार, ३० कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारमाथि सानदार जित दर्ता गरेको छ। नेपालले कतारलाई उसको घरेलु मैदानमा एक सय १९ रनले हराएको हो।

जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ।

नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा अलआउट हुँदै २७ रनमा सीमित भयो। 

सुझावित समाचार