बारले बहिष्कार गरेको प्रधानन्यायाधीशलाई बालुवाटारमा बस्ने अधिकार छैन : अध्यक्ष श्रेष्ठ

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारले बहिष्कार गरिसकेको न्यायाधीशलाई बालुवाटारमा बस्ने अधिकार नरहेको बताएका छन्। बारको आह्वानमा सर्वोच्च अदालत परिसरमा भएको धर्नापछि आयोजित कार्यक्रममा श्रेष्ठले यस्तो बताएका हुन्।

बालुवाटारमा बिचौलियालाई प्रवेश दिइएको भन्दै उनले जबराले बालुवाटारमा बस्न नमिल्ने बताए। ‘भोलि न्यायाधीशहरूकै आह्वानमा देशभरका अदालत ठप्प हुने अवस्था नआओस्,’ बार अध्यक्ष श्रेष्ठले भने, ‘बारले बहिष्कार गरिसकेको प्रधानन्यायाधीशलाई बालुवाटारमा पनि बस्ने अधिकार छैन। बालुवाटारमा बिचौलियालाई प्रवेश दिइयो, कानुन व्यवसायीलाई दिइएन ।’

सर्वोच्च प्रशासन र प्रहरीका कारण आफूहरू सडकमा जान बाध्य भएको भन्दै उनले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने जानकारी बताए। ‘हामी सडकमा जाँदैनौँ भनेका थियौँ । प्रहरी र सर्वोच्च प्रशासनकै कारण बाध्य भयौँ। आइतबार पनि बारले मूलगेटमा प्रधानन्यायाधीशको प्रवेशमा रोक लगाउनेछ।’

सुझावित समाचार