छठ पूजाको दीप बाल्ने क्रममा पोलेर एक महिला घाइते

बिहिबार, २५ कार्तिक, २०७८
डिजिटल संस्करण

छठ पूजाको दीप बाल्ले क्रममा साडीमा आगो सल्किएपछि एक महिला घाइते भएकी छिन् । महोत्तरीको जलेश्वर नगरपालिका– ६ स्थित परिक्रमा पोखरीमा छठ पूजाका लागि बत्ती बाल्न खोज्दा सोही ठाउँकी ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएको थियो ।

आगोले शरीरका विभिन्न ठाउँमा पोलेर गम्भीर घाइते बनेकी कर्णलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र थप उपचारका लागि काठमाडौं लगिएको परिवारले जनाएको छ । 

See More On

सुझावित समाचार