अविश्वास प्रस्ताव आउँछ भनेर हठात् संसद् अधिवेशन अन्त्य गरियो : वरिष्ठ अधिवक्ता भण्डारी

मंगलबार, २३ कार्तिक, २०७८
डिजिटल संस्करण
अविश्वास प्रस्ताव आउँछ भनेर हठात् संसद् अधिवेशन अन्त्य गरियो : वरिष्ठ अधिवक्ता भण्डारी

न्यायालय सुधारको माग गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध धर्नामा कानुन व्यवसायीहरु

वरिष्ठ अधिवक्ता चन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा प्रकरणमा राजनीतिक दलको मौनतामाथि प्रश्न उठाएका छन्। नेपाल बार एसाेसिएसनको धर्नापछि आयोजित कार्यक्रममा बोल्दै उनले अविश्वास प्रस्ताव आउँछ भनेर संसद् अधिवेशन अन्त्य गरिएको टिप्पणी गरे।

प्रधानन्यायाधीश जबराले संवैधानिक बाटोबाट मात्र बहिर्गमन हुन्छु भन्दै गर्दा संसद् अधिवेशन अन्त्य गरिएकोप्रति उनले असन्तुष्टि जनाए। ‘साथ दिने कोही छैन। यस्तो अवस्थामा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ। संवैधानिक बाटोबाट बहिर्गमन हुन्छु भन्नुभएको छ। दलहरले पनि अविश्वास प्रस्ताव आउँछ भनेर हठात् संसद् अधिवेशन अन्त्य गरे,’ भण्डारीले भने, ‘अदालतको मामिला भनेर राजनीतिक दल चुप छन्। स्वतन्त्र न्यायपालिको गरिमा सकिएपछि तपाईंहरूको हतियार पनि भुत्तो हुनेछ।’

सुझावित समाचार