प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक वर्तमान अवस्थाको बारेमा छलफल भएको जनाइएको छ। नेता द्वय सत्ता गठबन्धनको बैठक बोलाउन सहमत भएका छन्। बालुवाटार स्रोतका अनुसार गठबन्धन दलको बैठक ५ बजे बस्दै छ।
प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन रहेको आरोप लगिरहेको समयमा गठबन्धनको बैठक बस्न लागेको हो। यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दलहरुको गठबन्धन शीर्ष नेताको गठबन्धन जस्तो भएको बताएका थिए।
* यसअघि बैठकमा माधव नेपाल पनि भन्ने भएकोमा सच्याइएको छ।