देउसी टोलीलाई बसले ठक्कर दिँदा दुईको मृत्यु

सोमबार, २२ कार्तिक, २०७८
डिजिटल संस्करण

रौतहटको गौरबाट काठमाडौंतर्फ गइरहेको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १९ नेवारपानीमा देउसी खेल्न हिँडेको टोलीलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले राति १० बजेतिर भैलाराको टोलीलाई ठक्कर दिएको हो ।

मृत्यु हुनेमा हेटौँडा– १९ का २० वर्षीय सुरज विष्ट र चितवनको पिप्ले स्थायी घर भएका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेमध्ये पाँचजनाको हेटौँडा– ११ स्थित चुरेहिल अस्पताल र तीनजना घाइतेको भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए । एकजना सामान्य उपचारपछि घर फर्किसकेका छन् । 

दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । सडकमा बस आगजनीका कारण केही घन्टा राजमार्ग अवरुद्ध भएको थियो । डिएसपी रिमालका अनुसार बसचालक रौतहटको चन्द्रपुर नगरपालिका– ६ बस्ने ३८ वर्षीय अमितकुमार कार्की र बसमा आगजनी नियन्त्रण र राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा गर्ने हेटौँडा– १९ का ३२ वर्षीय सुनील ठकुरी पक्राउ परेका हुन् । 

See More On

सुझावित समाचार