नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँचदलीय समन्वय समिति तत्काल बनाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै श्रेष्ठले गठबन्धनको प्रभावकारी भूमिकाका लागि समिति बनाउने निर्णय कार्यान्वयन नभएको भन्दै तत्काल समिति बनाउने निर्णय गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
उनले पाँचदलीय समिति सरकार सञ्चालन संयन्त्र नभएको समेत स्पष्ट पारेका छन् ।
उनले देउवा सरकार गठन भएदेखि संघर्षको वेलाको दलहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनमा परिणत भएजस्तो देखिनु राम्रो नभएको उनको भनाइ छ । उनले भनेका छन्, ‘के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट साँघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियतिझैँ बन्न मिल्छ र ? सच्चिऔं ।’