हुम्लाका सातै तहमा एमालेकाे नेतृत्व चयन

बुधबार, १७ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमाले प्रथम अधिवेशनबाट जिल्लाका सातै स्थानीय तहमा नेतृत्व चयन भएको छ । हुम्लाका गाउँपालिकामा नेतृत्व चयन गरेको हो । गाउँपालिकाको प्रथम अधिवेशनबाट नाम्खामा तोपछिरिङ तामाङ, सिमकोटममा चीन रावत, खार्पुनाथमा प्रकाशबहादुर शाही चयन भएको नेकपा एमाले पार्टी कार्यालय सचिव कमल बोहराले जानकारी दिए ।

सर्केगाड गाउँपालिकामा भीमबहादुर सिंह, चंखेलीमा टेकबहादुर शाही, अदानचुलीमा बुध भण्डारी, ताजाकोटमा नरदीप थापाको अध्यक्षमा नेतृत्व चयन भएको सचिव बोहराले बताए ।  हुम्लाका सातै स्थानीय तहमा एमाले कमिटी गठन भइसकेको कार्यालय सचिव बोहराको भनाइ छ ।

सातै गाउँपालिका  र ४४ वडामध्ये लिमीमा कमिटी गठन नभएको बोहराले बताए ।

See More On

सुझावित समाचार