सम्मानजनक बहिर्गमनको परिभाषामा समस्या छ : वरिष्ठ अधिवक्ता दाहाल

मंगलबार, १६ कार्तिक, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भनेकाे सम्मानजनक बहिर्गमनको अर्थ प्रस्ट नभएको बताएका छन्। नेपाल बार एसाेसिएसनले गरेको धर्नापछिको कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता दाहालले यस्तो बताएका हुन्।

नेपाल बारका पूर्वअध्यक्षसमेत रहेका उनले न्यायालयको गरिमा जोगाउने गरी आफैँ राजीनामा दिनु नै सम्मानजनक बहिर्गमन हो भन्दै स्पष्ट पारेका छन्। उनले भने, ‘सम्मानजनक बहिर्गमनको परिभाषामा समस्या छ। कसरी विश्वास गर्ने ? न्यायालयको गरिमा जोगाउने गरी आफैँले छाड्नु नै सम्मानजनक बहिर्गमन हो। राजीनामा दिए हामी ताली पड्काएर स्वागत गर्छौँ।’

मिलेमतोमा रिट पारेर एकल इजलासबाट संवैधानिक इजलास रोक्न लगाइएको भन्दै वरिष्ठ अधिवक्ता दाहालले भने, ‘उहाँले हुन्छ भन्ने र नगर्ने गर्दा अविश्वासको शृंङ्खला सुरु भयो। प्रधानन्यायाधीशले कार्ड मात्रै फ्याँकेपछि बार र बेन्चबीच अविश्वासको अवस्था देखियो।

समस्याहरू बढ्दै जाँदा सर्वोच्चका न्यायाधीशहरू बढी चिन्तित हुनुपरेर अहिलको भूमिकामा देखिएका उनले प्रस्ट्याए । राजनीतिक दलका नेताहरूले मौनता साँधेकोप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा नआए आन्दोलनको स्वरूप परिवर्तन गर्ने बताए।

सुझावित समाचार