एक सातापछि बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ सुचारु

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका न्यायाधीशहरू एक सातापछि इजलासमा फर्किएका छन्। न्यायाधीशहरूको छलफलपछि आजबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी उनीहरू इजलासमा बसेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्चका १७ मध्ये १० न्यायाधीशको इजलास आज तोकिएको थियो। 

अहिले इजलास तोकिएका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ गरिरहेका छन्। आज बसेको न्यायाधीशहरूको बैठकले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेको थियो। आजका लागि प्रधानन्यायाधीश जबराले ६ इजलासमा ६ बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी तोकेका छन्। 

अहिलेसम्म न्यायाधीश कुमार रेग्मीको एकल इजलासबाट एक बन्दी प्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश  जारी भएको छ। सोमबारदेखि सर्वोच्चमा न्यायाधीशहरूले कुनै पनि मुद्दा हेरेका थिएनन्।

सुझावित समाचार