प्रधानन्यायाधीशलाई राजीनामाका लागि बारको पाँचदिने अल्टिमेटम (भिडियोसहित)

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । आज बसेको बारको बैठकले न्यायपालिकामा भएको समस्या र बारको निर्णय देशभरका ९० वटै इकाइमा परिपत्र पठाएर ९० वटै बारसँग छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, कात्तिक १४, १५, १६ र १७ गते कालोपट्टी बाँधेर सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने र १७ गते धर्ना दिने निर्णय गरेको छ ।

प्रधानन्यायाधीशलाई अब आफ्नो इजलासबाट कुनै पनि फैसला, निर्णय र आदेश नगर्न माग गर्ने र  यस अवधीमा राजीनामा नआए १८ गतेबाट देशभर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासचिव लिलामणी पौडेलले जानकारी दिए।

सुझावित समाचार