भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको आठ लाख २० हजार नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। विराटनगर महानगरपालिका– १८ स्थित भेडियारी नाकाबाट बुधबार साँझ को२९प ८६४० नम्बरको स्कुटरमा लुकाएर नेपालतर्फ ल्याउँदै गर्दा सो रकमसहित झापा बिर्तामोड नगरपालिका– ३ का ३४ वर्षीय उमेश साह पक्राउ परेका हुन्।
खुल्ला सीमानाकाको फाइदा उठाउँदै जोगबनी बजारका व्यापारीले हुन्डीमार्फत पठाएको अवैध रकम लुकाएर नेपाल ल्याउने क्रममा साह पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ। साहलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ।