बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छिन्। प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्ताव फेस नगरी अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले राजीनामा दिन लागेकी हुन्।
प्रदेश सभाको आजको बैठकमा सम्बोधन गरेर उनले राजीनामा दिने नेकपा एमाले बागमती प्रदेशका सचेतक दीपक निरौलाले जानकारी दिए।