ट्रियो इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक

भारतको सबैभन्दा बढी बिक्री हुने लिथियम–आयोन इलेक्ट्रिक अटो अब नेपालमा

बुधबार, १० कार्तिक, २०७८
डिजिटल संस्करण

महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट आठ लाख ४० हजार सोरुमको मूल्यमा निर्धारण गरिएको छ । महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको गाडी दक्षिण नेपालको तराई क्षेत्रका लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्नेछन् ।

महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे कम्पनीले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन मिश्रले भने, ‘नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री–ह्विलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको छ ।’

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू

  •   प्रतिकिमि ०.८ रुपैयाँभन्दा कमको सञ्चालन लागत
  •   फुल चार्ज आठ युनिट, प्रतियुनिट १२ रुपैयाँ र एक सय २० किमि गुड्ने 
  •    आठ किलोवाटको ऊर्जा शक्ति र ४२ एनएमको टर्क
  •    प्रतिघन्टा ५५ किलोमिटर (केएमपिएच)सम्मको स्पिड 
  •    प्रतिचार्जमा एक सय ३० किमिसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा 
  •    मर्मत–सम्भारमुक्त, एक लाख ५० हजार किलोमिटर ब्याट्रीको आयु 
  •   घरैमा १५ एम्पियर सकेटमा चार्ज गर्न सकिने
  •    तीन वर्ष वा ८० हजार किमि वारेन्टी । 

सुझावित समाचार