प्रचण्डले भने– एमालेले महाधिवेशन चितवनमा सार्नु हाम्रा लागि खुसीकै कुरा हो (भिडियोसहित)

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णयले आफ्नो विजयीयात्रा सुरु भएको बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर आफूलाई विजयी गराउन सुरुवात गरेको बताएका हुन् ।  

‘एमालेले मलाई कति धेरै महत्व दिँदोरहेछ भनेर त चितवनका जनताले राम्रैसँग बुझ्ने भए नि,’ प्रचण्डले भने, ‘प्रचण्डको भूमिका के रहेछ देशको राजनीतिमा ? महत्व के रहेछ ? एमालेले बुटवलमा गर्ने भएको महाधिवेशन अन्तिम समयमा प्रचण्डकै जिल्लामा, क्षेत्रमा जानुपर्छ भनेर निर्णय गर्नु हाम्रा लागि खुसीकै कुरा हो । प्रचण्डमाथि केन्द्रित गरेर महाधिवेशन गर्नु आफैँमा फाइदाजनक छ हैन र ?’
 
एमालेको १०औँ महाधिवेशन आगामी मंसिरमा चितवनमा हुँदै छ ।
 

See More On

सुझावित समाचार