नेपाल बार एसोसिएसनको सल्लाहाकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको सुझाव दिएपछि आधिकारिक धारणा सार्वजनिक गर्न नेपाल बारको बैठक बसेको छ।
सोमबार बसेको बार एसोसिएसनको बैठकले सल्लाहकार समितिको बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको थियो। प्रधानन्यायाधीश जबराको भूमिकाको विषयमा आधिकारिक निर्णय लिन सल्लाहकार समितिका सदस्यहरुको बैठक आज बसेको थियो।
बैठकमा बारका ३६ मध्ये ३५ सल्लाहकार समितिका सदस्यले बर्तमान नेतृत्वबाट न्यायीक सुधार सम्भव नरहेकाले अविलम्ब राजीनामा नदिए देशव्यापी आन्दोलनमा जानुपर्ने सुझाव दिएका थिए।