प्रधानन्यायाधीश रहुञ्जेल हामी बहस गर्दैनौँ : वरिष्ठ अधिवक्ता थापा

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बारले वकालत रोक्ने बताएका छन्। बारका पूर्वअध्यक्ष थापाले बारको सल्लाहकार समिति बैठकमा सुझाव दिएपछि सुझावबारे जानकारी दिँदै यस्तो बताएका हुन।

बारले भोलिबाटै वकालत ठप्प पार्ने थापाले चेतावनी दिएका छन्।

‘न्याय क्षेत्रमा विचलन देखिएको छ। प्रधानन्यायाधीश आफैँले निकास दिने भनेको राजीनामा दिने हो,’ उनले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बारले वकालत नै ठप्प पार्नेछ।’

सुझावित समाचार