एमालेलाई सर्वोच्चको अशोभनीय दाउपेचको राजनीतिमा फस्नु छैन : ओली

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले  सर्वोच्चको अशोभनीय दाउपेचको राजनीतिमा एमाले नफस्ने बताएका छन् । ओलीले आफूहरू  सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा गराउने वा महाभियोग लगाउने भन्ने कुनै पनि पक्षमा नरहेको बताए ।  

मंगलबार बिहान विराटनगरमा प्रेस चौतारी मोरङको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अदालत स्वतन्त्र निकाय भएकाले  एमालेले कुनै पक्षधरता नदेखाउने र प्रधानन्यायाधीशलाई राजीनामा दिनुपर्छ र महाभियोग लगाउनुपर्छ भनेर पनि नभन्ने बताएका हुन् ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हामीलाई सर्वोच्चको अशोभनीय दाउपेचको राजनीतिमा फस्नु छैन । अहिले सर्वोच्चको नाममा जुन राजनीति भइरहेको छ हाम्रो त्यस्तो राजनीति हाेइन ।’
 

See More On

सुझावित समाचार