प्रदेश १ को प्रदेश सभा बैठक स्थगित, अर्को बैठक १५ गते बस्ने

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

आइतबार साढे १२ बजे बस्ने भनिएको प्रदेश १ को प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशन बैठक स्थगित भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसले निवेदन दिएपछि बैठक स्थगित भएको हो।

आगामी बैठक कात्तिक १५ गते बस्ने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। नेकपा एमालेले पार्टीको आन्तरिक चुनाव तथा नेपाली कांग्रेसले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको बाढीपहिरो प्रभावित पूर्वी जिल्लाको भ्रमणका कारण सांसदहरूको उपस्थित प्रभावित हुने भन्दै आइतबारको बैठक स्थगन गर्न सभामुख प्रदीपकुमार भण्डारीले निवेदन दिएका थिए। 

सुझावित समाचार