अमेरिकाद्वारा नेपाललाई फाइजर खोप सहयोग, सोमबार नेपाल आइपुग्ने

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप भ्याक्सिन सहयोग गरेको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एक लाख ६ सय २० मात्रा फाइजर खोप सहयोगस्वरूप उपलब्ध गराइएको हो।

अमेरिकाले दिएको उक्त खोप सोमबारसम्म नेपाल आइपुग्ने दूतावासले जनाएको छ। यसअघि जुलाईमा अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्स खोप नेपाललाई सहयोग गरेको थियो। 
 

See More On

सुझावित समाचार