सात किलो चरेससहित महिला पक्राउ

शुक्रबार, ५ कार्तिक, २०७८
डिजिटल संस्करण

लागुऔषध चरेस नेपालबाट भारततर्फ लैजाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमानामा पर्ने दशगजा क्षेत्रबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्सा पोखरिया नगरपालिका–  ४ सतबरिया बस्ने वर्ष ४१ की ललसादेवी रौनियार रहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए । ती महिलाको तिघ्रामा लुकाइएको १४ पोकामा सात किलो चरेस रहेको थियो ।

बरामद भएको चरेसको बजार मूल्य करिब पाँच लाखभन्दा बढी रहेको छ । पक्राउ परेकी ती महिलालाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार