भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बिहिबार, ४ कार्तिक, २०७८
डिजिटल संस्करण

अविरल परेको वर्षाका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार बिहान ३:३५ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका– २ भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट ढुंगासहितको पहिरो झर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

अधिकारीका अनुसार गाउँपालिका र सडक विभागसँगको सहकार्यमा राजमार्ग सुचारु गराउने पहल भइरहेको र सडक सुचारु हुन केही समय लाग्ने जनाइएको छ । 

See More On

सुझावित समाचार