गृह मन्त्रालयले भन्यो– अविरल वर्षाले १९ जिल्ला प्रभावित, ६ को मृत्यु, पाँच घाइते

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले तीन दिनदेखिको अविरल वर्षाका कारण ६ जनाको मृत्यु र पाँचजना घाइते भएको जनाएको छ । सुनसरी र डोटीमा दुई–दुई तथा डडेल्धुरा र कालिकोटमा एक–एकजनाको मृत्यु भएको मन्त्रालयले बताएको छ । 

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार विज्ञप्ति जारी गरी वर्षाले १९ जिल्ला प्रभावित भएको बताएका छन् । चार घर पहिरोले पूर्ण क्षति भएको र पाँच सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको मन्त्रालयले जनाएको छ । खोज, उद्धारलगायतका काम भइरहेको पनि मन्त्रालयले बताएको छ ।
 

सुझावित समाचार