बेलायतमा एकै दिन ५० हजार संक्रमित थपिए

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन्। यहाँ २४ घन्टायता मात्र कोरोना भाइरसका करिब ५० हजार संक्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरूका अनुसार सोमबार यहाँ ४९ हजार एक सय ५६ जना संक्रमित देखिएका छन्। यो संख्या यहाँ महिनौँपछिको सबैभन्दा धेरै हो।

पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको छ। बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या करिब ८५ लाख पुगेको छ। पछिल्लो २४ घन्टामा ४५ संक्रमितको निधन भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३८ हजार नाघेको छ।

See More On

सुझावित समाचार