सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला

बिहिबार, २८ असोज, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको छ। नेपाली पात्रोअनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको हो।

अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ । घटस्थापनादेखि गन्तीका हिसाबले आठौँ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले आज मात्रै अष्टमी मनाइने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष  तेजबहादुर  साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका– ८ को महकाली राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। 

सुझावित समाचार