कांग्रेस नेता पौडेल कोरोना संक्रमित

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। बिपी स्मृति हस्पिटल बसुन्धरामा परीक्षण गर्दा पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको कांग्रेस नेताहरूले जानकारी दिएका छन्। पौडेलले आफूलाई १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

सुझावित समाचार