सेलवेजको शाखा पोखरा शान्तिनगर चोकमा

बुधबार, २० असोज, २०७८
डिजिटल संस्करण

सेलवेज डिपार्टमेन्ट स्टोर्सले आफ्नो २९औँ शाखा पोखरा महानगरपालिका– ७ स्थित शान्तिनगर चोकमा स्थापना गरेको छ। शाखाले बिहीबारदेखि औपचारिक रूपमा आफ्नो सेवा सुरु गर्ने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। शान्तिनगरमा खुलेको सेलवेजको पोखरामा यो छैटौँ शाखा रहेको सेलवेज/सेल्सबेरी प्रालि गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले पत्रकार सम्मेलनमा जानकारी दिए। सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, बिरौटा, भद्रकाली र बगरबाट आफ्नो सेवा दिँदै आएको छ। केही समयपछि पोखराको लेखनाथमा समेत नयाँ शाखा सञ्चालन गर्ने तयारी भैरहेको गिरीले जानकारी दिए ।

आठ करोड लगानीमा स्थापना गरिएको नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पूर्ण सामानहरू, स्थानीय उपभोक्ता तथा लेकसाइडका होटल तथा रेस्टुरेन्टका लागि आवश्यक सामग्रीहरू राखिएको गिरीले जानकारी दिए । स्टोरको भुइँतलामा खाद्य सामग्री, पहिलो तलामा इलोक्टोनिक सामग्रीहरू र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरू राखिएका छन् ।

नयाँ शाखा सञ्चालन गरेको अवसरमा १० प्रतिशतसम्म छुटको व्यवस्थासँगै दैनिक जीवनमा आवश्यक पर्ने खाद्य सामग्रीमा विशेष छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
२८ वर्षअघि सन् १९९३ मा पोखराको चिप्लेढुंगाबाट सामान्य खाद्य पसलबाट व्यवसाय सुरु गरेको सेलवेज आफ्नो व्यापार विस्तार गर्ने क्रममा हाल काठमाडौं, भक्तपुर र पोखराका विभिन्न स्थानमा गरी २९ शाखामार्फत ग्राहकहरूलाई सेवा दिँदै आइरहेको छ।

सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेज सन् २०१४ बाट सेलबेरीको नामबाट पनि सञ्चालनमा आएको छ। यी दुई कम्पनी सिस्टर कम्पनीका रूपमा सञ्चालनमा छन्। आउँदो नेपाली नयाँ वर्ष ०७९ देखि काठमाडौंको महाराजगन्जबाट अन्तर्राष्ट्रियस्तरको मल सञ्चालनको तयारीमा रहेको गिरीले जानकारी दिए ।
 

See More On

सुझावित समाचार