राष्ट्रिय ए डिभिजन लिग फुटसल : क्यासलको पहिलो हार

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा घरेलु टोली क्यासलले पहिलो हारको सामना गरेको छ । पोखरा रंगशालाको बहुउदेश्यीय कभर्ड हलमा सोमबार भएको पहिलो खेलमा धरानको द राइजिङ क्लबसँग क्यासल ६–४ गोलअन्तरले पराजित भएको हो ।

क्यासल पराजित भए पनि २२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । क्यासलले यसअघिका आठ खेलमध्ये सातमा जित र एकमा बराबरी खेलेको थियो ।यस्तै राइजिङ १९ अंकका साथ लिगको दोस्रो स्थानमा छ । राइजिङले ६ मा जित, एकमा बराबरी र दुई खेलमा हार सामना गरेको थियो । 

लिगमा एक खेल खेल्न बाँकी रहेको शंखमूल १८ अंकका साथ तेस्रो स्थानमा र फुटसल पाँच धरान समान आठ खेलबाट १४ अंकसहित चौथो स्थानमा रहेको छ । दोस्रो खेलमा मच्छिन्द्र स्काई गोल्सले लुम्बिनी फुटसललाई ५–४ गोलले पाखा लगायो । जितसँगै मच्छिन्द्रले १३ अंक जोडेको छ । सोमबारको खेलमा जित–हात पारे पनि लिगको पाचौँ स्थानमा रहेको मच्छिन्द्र लिगबाट बाहिरिएको छ । लुम्बिनी भने यसअघि नै रेलिगेसनमा परेको टिम हो । 

सहभागी १० टिममध्ये ८ टिम ए डिभिजनमा रहँदा लुम्बिनीसहित झरना स्पोट्र्स क्लब रेलिगसनमा परेका छन् । दुवै टोली लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए ।

सुझावित समाचार