कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

मंगलबार, १९ असोज, २०७८
डिजिटल संस्करण

सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ ।

अस्पतालले सोमबार साँझ  विज्ञप्ति जारी गरी उनी यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड– १९  र निमोनियाका लागि उपचाररत रहेको  जनाएको छ । अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्टबारे अवगत गराएको हो । 

सुझावित समाचार