मिर्गौला प्रत्यारोपण निःशुल्क गर्न माग गरिएको रिट पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश

सोमबार, १८ असोज, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतले मिर्गौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय  ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले मिर्गौला प्रत्यारोपण पूर्ण रूपमा निःशुल्क गराउन माग गर्दै साउन १२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रत्यारोपण आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने भएकाले सरकारलाई प्रत्यारोपणका नाममा शुल्क असुल नगराउन अन्तरिम आदेश माग गरिएको छ ।

सुझावित समाचार