नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ताप्लेजुङमा संस्थापक पक्षका गजेन्द्र तुम्याहाङ विजयी भएका छन्। तुम्याहाङले छविलाल गुरुङलाई पराजित गरी जिल्ला सभापति निर्वाचित भएका हुन्।
तुम्याहाङले पाँच सय ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुरुङले चार सय ३० मत प्राप्त गरेका ताप्लेजुङका निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए। तुम्याहाङ र गुरुङ दुवैजना प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
जिल्ला उपसभापतिमा डिल्लीरमण बराल र गणेशबहादुर लिम्बू, सचिवमा डम्बर हाङगाम र नन्दकुमार ओझा, सहसचिवमा तेजबहादुर सुनुवार (जंघ) र नन्दकुमार आङबुहाङ निर्वाचित भएका छन्। निर्वाचित अधिकांश महाधिवेशन प्रतिनिधि र जिल्ला सदस्यहरू तुम्याहाङ पक्षधर हुन्।
महाधिवेशन प्रतिनिधिमा लीलादेवी बोखिम, इन्द्र केदेम, प्रतापप्रकाश हाङगाम, केशवप्रसाद दाहाल, बलबहादुर तामाङ, युवराज गुरुङ, वीरेन्द्र श्रेष्ठ, तिलप्रसाद सुब्बा, खगेनसिंह हाङगाम, अमिर मादेन, पदमसुन्दर पालुङवा, टीकाराम गुरुङ, छवाङ लढडुक शेर्पा र मणि लामा निर्वाचित भएका छन्।
यस्तै, तारादेवी भट्टराई, मीनाकुमारी गुरुङ, रिता सेनेहाङ, शिला इजम, माला पालुङवा, गीताकुमारी सेन्दाङ, विश्वराज नाल्वो, राज थेबे, टिकेन्द्र नेपाली र तेञ्जिङ शेर्पा निर्वाचित भएका छन्। यीमध्येबाट चयन हुने ११ सदस्यीय महासमिति सदस्य पनि सोमबार टुंगो लगाउने पाण्डेले बताए। जिल्लामा एक हजार ८१ मतदाता रहेकोमा एक हजार ३७ मत खसेको थियो।