सन्राइज बैंकले विभिन्न संघ–संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी पेरोल कर्जा योजना ल्याएको छ । सन्राइज बैंकमा पेरोल बचत खाता भएका कुनै पनि ग्राहकले १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा लिन सक्ने योजना ल्याएको हो ।
योजनाअनुसार ग्राहकहरूले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी अधिकतम १५ लाख रुपैयाँको सुविधा दिने जनाएको छ । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने र पाँच वर्षसम्मका लागि प्रदान गरिने जनाइएको छ । बैंकले आफ्नो १४औँ वार्षिक उत्सव र दसैँको अवसर पारेर मुद्दती खातामा १० दशमलव ०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ ।